|
२०७८ आश्विन १६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको हिरो माओवादी नै भएको दाबी गरेका छन् ।
शनिवार आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
‘फेरि पनि देशको हिरो माओवादी नै रहेछ भन्ने भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘प्रचण्ड नै रहेछ भन्ने लागेको छ ।’
यस्तै प्रचण्डले पूर्वमाओवादी मिल्नुको विकल्प नरहेको बताए । वैद्यदेखि गोपाल किराँतीसम्मका नेताहरूसँग आपसमा छलफल तथा संवाद भइरहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘वैद्यजीसँग, विप्लवजीसम्म, गोपाल किराँतीसम्मका नेताहरूसँग एक हुनेबारे कुराकानी भइरहेको छ ।’


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्