मन्त्रिपरिषद्को बैठक बस्दै

DaksuMedia दाक्सु मिडिया
|
२०७८ आश्विन १४

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बिहिबार बस्दैछ ।

दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सिहदरबारमा बैठक बस्न लागेको हो । सर्वदलीय बैठक पछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लामो समय मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित हुँदै आउनुभएको छ । आज वा भोलिमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ ।

गठबन्धन दलबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमत्ति भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *