बुढानिलकण्ठबाट दर्जनाैं ब्लुबुक र चाबीसहित पटके चोर पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०७७ फाल्गुन १३

काठमाडौं – महानगरीय प्रहरी वृत्त महाराजगञ्जले बुढानीलकण्ठबाट पटके चोर पक्राउ गरेको छ ।

वृत्तबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ का सुरेश बिसुंखेलाई पक्राउ गरेको हो ।

बिसुंखेले पार्किङ गरि राखेको स्कुटरको डिकी तथा जाममा परेका गाडीहरुको छतमा रहेका बिभिन्न किसिमका नगद तथा जिन्सी धनमालहरु चोरी भएको भन्ने ृउजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको थियो ।

प्रहरीले बिसुंखेलाई निजको घरबाटै चोरीमा प्रयोग गरिएको बिभिन्न किसिमको चाबीको झुप्पो थान २२, बिभिन्न किसिमको घर फोड्ने औजर, बिभिन्न नम्बरको सवारी दर्ता किताब (ब्लु बुक) थान—३१, सुन जस्तो देखिने पहेँलो धातुको सिक्री, केही  नगद र सवारी चालक अनुमतिपत्रसहित पक्राउ गरेको छ ।

निजको साथबाट टिभी २ थान, मोबाइल १० थान, ब्लुबुक ३१ थान, चस्मा १४ थान, विभिन्न किसिमको चाबीको झुप्पा २२ थान, गणेशको मूर्ति अंकित सुनको जस्तो देखिने पहेँलो धातुको सिक्री थान १, बिभिन्न व्यक्तिहरुको नाममा रहेको लाईसेन्स, रसिद, एटिएम कार्ड, बिभिन्न कम्पनीको घडी थान ५, क्यामेरा थान २ सहित पक्राउ गरेको जनाइएको छ । प्रहरीले निजसँग बरामद अन्य केहि सामानहरु अझै सनाखत गर्न बाँकी रहेकोले उक्त दशी सामानहरु सनाखत गर्नको लागि यस कार्यालयमा सम्पर्क गर्न  समेत अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *