अनेरास्ववियु(क्रान्तिकारी)सोलुखुम्बुको ८औं जिल्ला सम्मेलन भदौ २० गते

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १२

अर्जुन खालिङ, सोलुखुम्बु । अनेरास्ववियु(क्रान्तिकारी)सोलुखुम्बुको ८औं जिल्ला सम्मेलन आगामी भदौ २० गते तय भएको छ । जिल्ला सदरमुकाम सल्लेरी सोलुखुम्बुको समिक्षाहलमा अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय उपाध्यक्ष पन्च सिंह को प्रमुख आथित्य सम्पन्न हुने भएको हो । उक्त सम्मेलनका लागि विद्यार्थीका अन्य केन्द्रिय नेता तथा जिल्लाका नेता गण र विद्यार्थीहरुको उपस्तिथिमा हुन लागिरहेको हो ।

जिल्ला सम्मेलनका लागि सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । नगरपालिका र गाउँपालिका स्तरीय सम्मेलन आगामी भदौ 16 गते भित्र सम्पन्न गरिसक्नु पर्ने छ ।

जसका लागि नगरपालिका र गाउँपालिका संयोजहरु सोलु दुधकुण्ड नगरपालिकाको लागि -: कविता मगर,महाकुलुङ गाउँपालिका -: रामकृष्ण कुलुङ, सोताङ गाउपालिका-: कबिता श्रेष्ठ ,माप्य दुधकोशि गाउँपालिका-: अर्जुन खालिङ,लिखुपिके गाउँपालिका-:राजेन्द्र बस्नेत ,थुलुङ दुधकोशी गाउँपालिका -: सर्बधन राई र नेचासल्यान गाउँपालिकाको -: कुमार कट्टेललाई तोकिएको हो ।

त्यसैगरी (आर्थिक समितीमा) अम्बिर काजी कुलुङ (संयोजक) तमुना राई कुमार कट्टेल अर्जुन खालिङ कबिता मगर (प्रचारप्रसार समिती ) कुमार कट्टेल ( संयोजक) अर्जुन खालिङ रामकृष्ण कुलुङ (ब्याबस्थापन समिति ) तमुना राई( संयोजक) राजेन्द्र बस्नेत कबिता श्रेष्ठ सर्बधन राई ( प्रतिबेदन लेखन ) अम्बिरकाजी कुलुङको नेतृत्वमा कार्यलय टिम सबै रहने अनेरास्ववियु (क्रान्तिकारी ) का संयोजक अम्बिर काजी कुलुङले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *