माधब-प्रचण्ड समूहको प्रशिक्षण कार्यक्रम सम्पन्न

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ ३०

काठमाडौ -बिहीबार ने.क.पा (माधब-प्रचण्ड )समूहको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा वरिष्ठ नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको उपस्थिति रहेको थियो।कार्यक्रममा नेपाल र दाहालले प्रधानमन्त्री के.पी शर्मा वलीलाई चेतावनी दिदै भाषण गरेका थिए।
काठमाडौंको सुकेधारामा अवस्थित नवदुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रशिक्षण भेला कार्यक्रमलाई प्रचण्डसँगै अर्का अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गरेका थिए।
नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का ईन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तथा सह ईन्चार्ज साववित्री कुमार काफ्ले, केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला ईन्चार्ज हेमकुमार राई (सुरबीर), केन्द्रीय सदस्य रामचन्द्र झा, शिब कुमार मण्डल, राजेन्द्र बस्नेतलगायतको आतिथ्यता रहेको थियो ।

नेकपा सोलुखुम्बु जिल्लाको प्रतिगमन विरुद्ध संघर्ष समिति संयोजक आङ ङिमा लामाको सभापतित्व तथा पार्टी जिल्ला सचिव गोम्बु शेर्पा (कज्र्याङ)को उद्घोषणमा सम्पन्न उक्त कार्यक्रममा सोलुखुम्बुका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *