झाँक्रीलाई पक्राउ गर्न पुगेका सादा पोशाकका प्रहरी कार्यकर्ताबाट कुटिए (फोटो फिचर)

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २९

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई कार्यकर्ताले रोकेका छन्।

शंखमुलस्थित झाँक्री निवासमा कार्यकर्ताले रोकेपछि ठूलो संख्या नेपाल प्रहरी परिचालन गरिएको छ। झाँक्रीको घरअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन्।

झाँक्रीको गेटमा हाते साङ्लो बनाएर कार्यकर्ताले रोक्ने प्रयास गरेका छन्। झाँक्रीले अहिलेसम्म पक्राउ पुर्जी नपाएको बताएकी थिइन्। उनले पक्राउ पुर्जी भए गिरफ्तारी दिने बताएकी थिइन्।

यसैबीच, प्रहरी अपराध महाशाखाबाट खटिएका एक जना सादा पोशाकका प्रहरीलाई नेकपा कार्यकर्ताले कुटपिट गरेका छन्। उनलाई उद्धार गरी प्रहरीले उपचारका लागि पठाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *