सिकार खेल्ने क्रममा भाइले चलाएको गोली लागेर दाईको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २९

देउखुरी – दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा आज एक जनाको मृत्यु भएको छ ।

गढवा गाउँपलिका–२ तिरतिरे डाँडास्थित जङ्गलमा सिकार खेल्नेक्रममा सोही ठाउँ निवासी २८ वर्षीय सूर्यबहादुर रानाले बोकेको भरुवा बन्दुक पड्किँदा उनका दाई ४० वर्षीय इन्द्रबहादुर रानाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी गोबरडियाबाट खटिएको प्रहरीटोलीले सूर्यबहादुरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *