काठमाडौं । नेकपा एमालेले सांसद पदबाट बर्खास्त गर्न संसद सचिवालयमा पत्र पठाएरपछि त्यसलाई कार्यान्वयन नगर्न माग गर्दै एमालेका १४ सांसदहरुले हुलाकमार्फत निवेदन दिएका छन् ।
यसअघि कारवाही रोक्न माग गर्दै निवेदन दिएका उनीहरुलाई संसद सचिवालयले उक्त निवेदन दर्ता गर्न नमिल्ने भन्दै फर्काइदिएको थियो ।
गत भदौ १ मा पार्टी विभाजन गर्न खोजेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित १४ सांसदलाई कारबाही गरेका थिए। कारबाही गरेको पत्र संसद सचिवालयमा पुगे पनि सभामुख अग्निप्रसाद सापकोटाले अगाडि नबढाएको भन्दै एमालेले ध्यानाकर्षण गराउँदै आएको छ ।
तर नेपालपक्षले भने आफूहरुमाथि गरिएको कारवाही अवैध रहेको भन्दै त्यसलाई रोक्न माग गर्दै आएका छन् ।
सांसद रामकुमारी झाँक्रीले कारबाही नगर्न माग गरेको पत्र संसद सचिवालयले दर्ता गर्न नमानेपछि हुलाकमार्फत् पठाइएको जानकारी दिइन् ।
‘हामीले अस्ति नै दिएको निवदेन संसद सचिवालयले दर्ता गर्न मानेन। त्यही भएर आज हुलाकबाट निवेदन दिएका छौं,’ झाँक्रीले भनिन्।
उनीहरुले एमाले पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी दर्ता गएका छन् ।


दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्