माधव नेपालसहित १४ सां‌सदलाई ओलीले गरे कारवाही

DaksuMedia दाक्सु मिडिया
|
२०७८ भाद्र १

काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ जना सांसदलाई कारवाही गर्ने निर्णय गरेको छ ।

उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालयलाई सूचना दिएको छ भने निर्वाचन आयोगमा समेत जानकारी गराइएको स्रोतले जनाएको छ ।

उनीहरूलाई सांसद पदबाट पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाइएको छ भने त्यसको बोधार्थ निर्वाचन आयोगलाई समेत दिइएको एक नेताले बताए ।

संसद् भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले नेपालपक्षीय सांसदहरूलाई कारवाही गर्ने निर्णय गरेको हो । कारवाही गरिएकामा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ, मेटमणी चौधरी हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *