|
कार्तिक २३, २०८३
सुनसरी । यस वर्ष मौसम अनुकूल हुनु र स्थानीय उत्पादन बढ्नुका कारण तिहारमा फूलको मूल्य घटेको छ । बजारमा फूलको आपूर्ति पर्याप्त भएपछि गत वर्षको तुलनामा मूल्य निकै सस्तो भएको हो ।
धरान कृषि उपज बजारमा गत वर्ष प्रतिमुठा १०० रुपैयाँसम्म बिक्री भएको फूल यस वर्ष ४० देखि ५० रुपैयाँमा झरेको छ । त्यस्तै, गत वर्ष २०० देखि २५० रुपैयाँ पर्ने फूलमाला अहिले करिब १०० रुपैयाँमै पाइने भएको छ ।
फूलको मूल्य घट्दा उपभोक्तालाई राहत मिले पनि किसानबाट महँगोमा खरिद गरेर बजारमा ल्याएका व्यापारी तथा उत्पादक किसान भने मारमा परेका छन् । अपेक्षाअनुसार बिक्री र आम्दानी नहुँदा यस वर्ष फूलको व्यापारबाट घाटा बेहोर्नुपरेको व्यवसायीले बताएका छन् ।

दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्