सुर्खेतमा जुवाखालबाट १७ जना पक्राउ, १ लाख बढी नगद बरामद

DaksuMedia दाक्सु मिडिया
|
कार्तिक २१, २०८३

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–४ जिरो ड्यामस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।

कात्तिक २० गते राति गोप्य सूचनाका आधारमा खटिएको ४५ सदस्यीय प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनास्थलबाट १ लाख ५ हजार ६ सय ७० रुपैयाँ, २८ बुक तास र ६ थान लङ्गुर बुर्जा बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *