|
कार्तिक १७, २०८३
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी नागरिकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ८ बजेर ११ मिनेटमा फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनापछि हेलिप्याडमा आगलागी भने नभएको जनाइएको छ। घाइतेलाई प्रभु हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लुक्ला पठाइएको छ।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्