दसैँका लागि साढे २ लाखभन्दा बढीले छाडे काठमाडौँ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २९

काठमाडौँ । बडादसैँ मनाउन घटस्थापनादेखि हालसम्म २ लाख ६२ हजार ७५३ जना यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।

उपत्यका ट्राफिक प्रहरीका अनुसार ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत यात्रुहरू विभिन्न जिल्लातर्फ गएका हुन्। बाहिरिनेमा १ लाख ६१ हजार १६७ पुरुष र १ लाख १५ हजार ८६ महिला रहेका छन्।

दसैँ नजिकिँदै जाँदा नागढुङ्गा, फर्पिङ, साँखु, भक्तपुरलगायतका नाकामा यात्रु तथा सवारीसाधनको चाप बढेको छ। यात्राको सहजता र दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चौबिसै घण्टा निगरानी गरिरहेको जनाएको छ।

प्रहरीले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यमा ध्यान दिन यात्रुलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *