मनसुन बिदा भएसँगै दसैँमा घमाइलो मौसमको सम्भावना

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज २८ देखि देशभर मनसुनको प्रभाव अन्त्य भएको हो।

मनसुन हटेसँगै दसैँ अवधिमा मौसम सामान्यतया सफा र घमाइलो रहने पूर्वानुमान गरिएको छ। यद्यपि, पहाडी क्षेत्रका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्हरूले सुझाव दिएका छन्।

यस वर्ष असार ५ गते नेपाल प्रवेश गरेको मनसुन सामान्य समयभन्दा १२ दिन ढिलो बाहिरिएको हो। मनसुन अवधिभर समग्रमा सरदर वर्षा भए पनि हिमाली क्षेत्रमा तराई र पहाडी भेगको तुलनामा बढी वर्षा भएको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *