बजेटप्रति असन्तुष्टि जनाउँदै एमाले सांसद थापाले छाडे प्रदेशसभा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २८

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। प्रदेश सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थापाले बजेट पारित भएको भोलिपल्ट नभई मंगलबार बजेट पारित भएकै दिन राजीनामा दिएका हुन्।

पूर्वमन्त्रीसमेत रहेका थापाले आफ्नो राजीनामा सभामुख भीमबहादुर भण्डारीसमक्ष बुझाएका हुन्। सभामुख भण्डारीले थापाको राजीनामा प्राप्त भएको पुष्टि गरेका छन्।

प्रदेश सरकारको बजेटप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थापाको राजीनामालाई बजेट विवादसँग जोडेर हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *