भोक हड्ताल फिर्ता लिन भुपू गोर्खालाई नेपाल सरकारको आग्रह

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३२

काठमाडौं । नेपाल सरकारले बेलायतमा समान पेन्सन लगायतका विभिन्न मागहरुसहित ९ दिनदेखि भोक हड्तालमा बसेका भुपु गोर्खाहरुलाई हड्ताल फिर्ता लिन आग्रह गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कुटनीतिक वार्ताको माध्यमबाट जारी समस्याहरु समाधान गर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता समेत रहेका कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘आमरण अनसन लगायतका विरोध कार्यक्रम फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खा सम्बन्ध सबैलाई आह्वान गर्छौं ।’

गोर्खाहरुका मुद्धा सम्बोधन कूटनीतिक पहल थालिएको समेत उनले बताए ।

बेलायती प्रधानमन्त्रीको कार्यालय अघि ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले अघिल्लो शनिवार देखि भोकै बसेका छन् । अनशन बसेको नवौँ दिन आइपुग्दा उनीहरुको स्वास्थ्य अत्यन्तै कमजोर बनेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *