|
२०७८ श्रावण ३२
काठमाडौं । काबुलको कब्जामा देश गएसँगै अफगानिस्तान छाडेर बाहिरिनेहरूको भीडले विमानस्थल भरिभराउ भएको छ ।
विमानस्थलमा विभिन्न देशका मानिसहरु स्वदेश फिर्तीको निम्ती प्लेन चढ्न मारामार गरेका छन् ।
काबुलस्थित हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले कोलाहलपूर्ण अवस्था रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विमान चढ्न मारामार परेको भिडियो क्लिप भारतीय पत्रकार सुधीर चौधरीले ट्वीटरमा राखेका छन् ।
प्लेन चढ्नका लागि मानिसहरूले मारामार गरी झुण्डिएको भिडियोमा देख्न सकिन्छ ।
अमेरिका, बेलायत लगायतका देशहरूले आफ्ना नागरिकको उद्धारका लागि प्लेनहरू काबुल पठाइरहेका छन् ।
अफगान छाड्नेहरूको भीडमा विदेशी मात्र नभएर त्यहीँका नागरिकहरू समेत छन् ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्