गगनलाई प्रदीपको शुभकामना : ‘बदलिएको कांग्रेस, बदलिने देश’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २४

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गगनकुमार थापा सभापतिमा निर्वाचित भएकोमा बधाई दिँदै पार्टी र देशको रूपान्तरणका लागि अघि बढ्नुपर्ने बताएका छन्।

पौडेलले सामाजिक सञ्जालमा शुभकामना सन्देश लेख्दै आफूहरू समय परिवर्तन गर्ने अठोटसहित अघि बढेको उल्लेख गरेका छन्। उनले नयाँ नेतृत्वसामु चुनौतीहरू रहे पनि लक्ष्यबाट विचलित हुने अवस्था नरहेको बताएका छन्।

कांग्रेसमा आएको परिवर्तनलाई देशको परिवर्तनसँग जोड्नुपर्ने धारणा राख्दै पौडेलले थापाको नेतृत्व सफल होस् भन्ने कामना गरेका छन्। पार्टीलाई अघि बढाउने अभियानमा आफू निरन्तर सहयात्री रहने उनको प्रतिबद्धता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *