|
२०८३ आश्विन २४
कञ्चनपुर । दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन र इन्टरनेट सेवा पुनः सञ्चालन गर्ने क्रममा सशस्त्र प्रहरीका एक अधिकारी महाकाली नदीमा बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा देवीस्थान बीओपीमा कार्यरत सहायक प्रहरी निरीक्षक (असई) सागरराज थारु रहेका छन्। नेपाल टेलिकमको तार तान्ने काम भइरहेका बेला उनी नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ।
महाकाली नदीमा रहेको झोलुङ्गे पुल भत्किएपछि टेलिकमको तार चुडिएको थियो। त्यसले गर्दा दोधारा चाँदनी क्षेत्रको सञ्चार सम्पर्क प्रभावित भएको थियो।
अवरुद्ध सेवा सञ्चालनका लागि भइरहेको कामकै क्रममा घटना भएको हो। बेपत्ता थारुको खोजी जारी रहे पनि उनको अवस्थाबारे थप जानकारी प्राप्त भएको छैन।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्