चीनले अन्तरिक्षमा पठायो इन्टरनेट उपग्रहको नयाँ समूह

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २४

बेइजिङ । चीनले शनिबार लङ मार्च–१२ रकेटमार्फत इन्टरनेट उपग्रहहरूको नयाँ समूह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

हाइनानस्थित व्यावसायिक अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ३ः२७ बजे प्रक्षेपण गरिएको रकेटले उपग्रहहरूलाई निर्धारित कक्षमा सफलतापूर्वक पुर्‍याएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

यो चीनको न्यून पृथ्वी कक्षीय इन्टरनेट उपग्रह कार्यक्रमअन्तर्गतको २७औँ समूह हो। यसबाट अन्तरिक्षमा आधारित इन्टरनेट तथा सञ्चार प्रणाली विस्तार गर्ने चीनको प्रयासले निरन्तरता पाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *