इन्धनको खरिद मूल्य बढ्यो, नेपालमा भाउ यथावत्

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १५

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए पनि नेपालमा तत्काल इन्धनको मूल्य नबढ्ने भएको छ।

नेपाल आयल निगमले चाडपर्व र भोटेकोशी बाढीपहिरोको अवस्थालाई ध्यानमा राख्दै पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा मूल्य हालकै दरमा कायम राख्ने निर्णय गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेल २० रुपैयाँ २१ पैसा र मट्टीतेल १५ रुपैयाँ ९६ पैसा महँगिएर आएको निगमले जनाएको छ। मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड रुपैयाँभन्दा बढी घाटा हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *