पृथ्वी राजमार्गमा आजदेखि सहज हुँदैछ यातायात, दिउँसो १ बजेदेखि सबै सवारी चल्ने

DaksuMedia दाक्सु मिडिया
|
अशोज १४, २०८३

धादिङ — लामो समयदेखि वर्षा र पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गमा आजदेखि यातायात सामान्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने जनाएको छ।

असोज ७ गते रातिदेखि परेको वर्षाले राजमार्गका विभिन्न खण्डमा पहिरो खस्नुका साथै सडक भासिएको थियो। त्यसपछि अवरोध हटाउँदै एकतर्फी रूपमा यातायात सञ्चालन गरिँदै आएको थियो।

सडक खुलाउने काम जारी रहे पनि केही स्थानमा पहिरो खस्ने सम्भावना अझै रहेकाले यात्राका क्रममा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। चालकलाई गति नियन्त्रण गर्न र ट्राफिक नियम पालना गर्नसमेत भनिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *