भोटेकोशी बाढीको क्षति भयावह, मृतकको संख्या १ हजार ४५४ पुग्यो

DaksuMedia दाक्सु मिडिया
|
अशोज १४, २०८३

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको छ। बुधबार बिहानसम्म विभिन्न जिल्लाबाट १ हजार ४५२ शव फेला परेका छन् भने काठमाडौंमा उपचाररत दुई जनाको मृत्यु भएको छ।

रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७२, चितवनमा ३६९, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ शव फेला परेका छन्।

शव पहिचानका लागि ३ हजार ३९६ वटा डीएनए नमुना संकलन गरिएको छ। हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। अझै ४ हजार ७१८ जना बेपत्ता रहेको र १ हजार २३४ जनालाई विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *