|
२०८३ आश्विन १४
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालको प्रतिनिधित्व गरेका परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्।
न्युयोर्कमा रहँदा खनालले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका चुनौती र त्यसका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगको विषय उठाएका थिए। नेपालले आयोजना गरेको विशेष जलवायु कार्यक्रममा समेत उनले सहभागिता जनाए।
यसक्रममा विभिन्न देशका समकक्षीसँग भेटवार्ता गर्दै द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल गरेका खनाल महासभाका कार्यक्रम सकेर बुधबार बिहान काठमाडौं फर्किएका हुन्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्