भट्टराईको प्रश्न–‘सानालाई कानुन, ठूलालाई उन्मुक्ति किन?’

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन १३

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ठूला भ्रष्टाचारका घटनामा कारबाही अघि बढाउन नसकिएको भन्दै सरकार र न्यायिक प्रणालीमाथि प्रश्न उठाएका छन्।

उनले सामाजिक सञ्जालमार्फत पहुँच नभएकामाथि कानुन कडाइका साथ लागू हुने तर पहुँचवालामाथि प्रमाण नपुगेको भन्दै उन्मुक्ति मिल्ने अवस्था देखिएको बताएका हुन्।

भट्टराईले ठूला भ्रष्टाचारका प्रकरणमा अनुसन्धान र कारबाहीबाट पछि हट्ने प्रवृत्तिले सुशासनको नारामाथि नै प्रश्न उठाउने उल्लेख गरेका छन्। देशमा जरा गाडेका भ्रष्टाचारका संरचना अन्त्य नगरेसम्म सुशासन र समृद्धिको सुरुवात हुन नसक्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *