काठमाडौं– पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अफगानिस्तानमा रहेका १४ हजार नेपालीको तत्काल उद्धार गर्न आग्रह गरेका छन्।
नेता भट्टराईले उनीहरु सुरक्षा संकटमा रहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।
भट्टराईले सामाजिक सञ्जालमार्फत अफगानिस्तानमा अमेरिकी सेना फर्किएपछि उत्पन्न परिस्थितिमा १४ हजारभन्दा बढी नेपाली संकटमा परेको बताएका हुन्।
उनी लेख्छन्, ‘अफगानिस्तानमा सुरक्षा संकटमा परेका १४ हजार बढी नेपाली कामदारलाई तुरुन्त स्वदेश फर्काउन सरकारले आलटाल÷बहानाबाजी गर्नुभएन।’
द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिक जानै नहुने बनाउनुपर्ने भट्टराईको भनाइ छ। उनले द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन नहुने भन्दै उनीहरुको उद्धारमा सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताएका हुन्। ‘पहिलो त त्यस्ता द्वन्द्वग्रस्त ठाउँमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुँदैनथ्यो,’ भट्टराई लेख्छन्, ‘गइसकेपछि तिनको जीवन रक्षा गर्नु राज्यको दायित्व हो। किन्तु परन्तु नहोस्!’

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्