|
२०८३ आश्विन ७
काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई अघि बढाउँदै आज पालिका तहमा नयाँ नेतृत्व चयन गर्दैछ। स्थानीय संगठनलाई नयाँ संरचनामा लैजाने क्रममा देशभर पालिका अधिवेशन हुन लागेको हो।
कांग्रेसका अनुसार अधिकांश वडामा नेतृत्व चयनको काम पूरा भइसकेको छ। नुवाकोट र धादिङका सबै वडामा पनि मंगलबार अधिवेशन सकिएको छ भने मधेसका केही जिल्लाका वडामा समेत प्रक्रिया सम्पन्न भएको छ।
बाढीपहिरोबाट प्रभावित रसुवामा भने केही दिनपछि मात्रै अधिवेशन गरिने भएको छ। आजको अधिवेशनबाट प्रत्येक पालिकामा सभापति, दुई उपसभापति, सचिव र सहसचिव गरी पाँच पदाधिकारी चयन हुनेछन्। उपसभापतिमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ। कोषाध्यक्ष भने सभापतिले कार्यसमिति सदस्यबाट मनोनयन गर्ने प्रावधान छ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्