शहर नजिकैको ध्रुवस्थलीमा बढ्दै ध्यान गर्नेको चहलपहल

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

काठमाडौँ — शान्त वातावरण खोज्नेहरूका लागि काठमाडौँको श्लेषमान्तक वनभित्रको ध्रुवस्थली रोजाइमा पर्न थालेको छ। यहाँ दैनिक सयौँ मानिस ध्यान र साधनाका लागि पुग्ने गरेका छन्।

धार्मिक मान्यतामा ध्रुवस्थलीलाई बालक ध्रुवको तपस्थलीका रूपमा लिइन्छ। यही क्षेत्रमा शिवपुरी बाबाले पनि करिब १५ वर्ष साधना गरेका थिए।

शिवपुरी बाबाको समाधिस्थल रहेको यस ठाउँमा ध्यानका लागि करिब ६० जना अट्ने व्यवस्था छ। जन्मजयन्ती, समाधि दिवसलगायत विशेष अवसरमा भने भक्तजन र साधकको भीड थपिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *