|
२०८३ आश्विन ४
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण टुंग्याएर स्वदेश फर्किएका छन्। भारतीय सरकारको निमन्त्रणामा नयाँदिल्ली पुगेका उनले भ्रमणका क्रममा विभिन्न उच्चस्तरीय भेटघाट र छलफलमा सहभागिता जनाएका थिए।
भारतमा रहँदा वाग्लेले अर्थमन्त्री निर्मला सीतारमण तथा विदेशमन्त्री एस. जयशंकरसँग भेट गरी नेपाल–भारत आर्थिक तथा कूटनीतिक सम्बन्धका विषयमा कुराकानी गरेका थिए।
भोटेकोशी बाढीपछि भारतबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै वाग्लेले पुनर्निर्माणका लागि थप सहकार्य गर्न आग्रहसमेत गरेका थिए।
भ्रमणका क्रममा उनले नेपाली समुदाय, भारतीय उद्योगी, कूटनीतिज्ञ तथा अर्थशास्त्रसम्बन्धी प्राज्ञिक क्षेत्रका प्रतिनिधिसँग पनि अन्तरक्रिया गरे। स्वदेश फर्किनुअघि उनले दिल्लीमा आयोजित संविधान दिवस कार्यक्रममा सहभागिता जनाएका थिए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्