साउदीको आग्रहपछि चीनले हुथी नियन्त्रण गर्न इरानलाई दबाब दिएको दाबी

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन २

बेइजिङ । साउदी अरबको आग्रहपछि चीनले यमनका हुथी विद्रोहीलाई नियन्त्रण गर्न इरानसँग आन्तरिक रूपमा आग्रह गरेको दाबी गरिएको छ ।

रोयटर्सका अनुसार लाल सागर र बाब अल–मन्देब क्षेत्रमा हुथीहरूको सैन्य गतिविधि बढेपछि साउदीले चीनसँग सहयोग मागेको थियो । त्यसपछि चीनले इरानलाई आफ्नो प्रभाव प्रयोग गरी हुथी गतिविधि नियन्त्रण गर्न आग्रह गरेको तीन इरानी स्रोतले बताएका छन् ।

चीनले सार्वजनिक रूपमा भने क्षेत्रीय तनाव कम गर्न र समुद्री मार्ग सुरक्षित बनाउन संवादको आह्वान गर्दै आएको छ । इरानले भने क्षेत्रीय शान्तिका लागि आफूविरुद्ध जारी अमेरिकी–इजरायली युद्ध अन्त्य हुनुपर्ने जवाफ दिएको स्रोतहरूको दाबी छ ।

लाल सागर र होर्मुज जलमार्ग दुवै ऊर्जा तथा अन्तर्राष्ट्रिय व्यापारका लागि महत्वपूर्ण भएकाले हुथी गतिविधि र क्षेत्रीय तनाव बढ्दा चीनको ऊर्जा सुरक्षामा समेत असर पर्न सक्ने विश्लेषण गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *