काठमाडौं । अमेरिका र इरानबीच युद्ध जारी रहेकै बेला अमेरिकाले इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहितको प्रतिनिधिमण्डललाई संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन भिसा दिएको छ।
बीबीसीका अनुसार, इरानी प्रतिनिधिमण्डलमा राष्ट्रपति पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघचीसमेत छन्। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार भिसा स्वीकृत भएको पुष्टि गरेका हुन्।
अमेरिकाले भिसा दिए पनि इरानी प्रतिनिधिमण्डलमाथि कडा यात्रा प्रतिबन्ध लागू हुने जनाइएको छ। उनीहरूलाई अमेरिकामा खुला रूपमा आवतजावत गर्न तथा विलासिता र केही अमेरिकी वस्तु खरिद गर्न रोक लगाइनेछ।
गत वर्ष पनि अमेरिका पुगेका इरानी कूटनीतिज्ञलाई कस्ट्को लगायतका ठूला होलसेल स्टोरमा किनमेल गर्न प्रतिबन्ध लगाइएको थियो। यसपटक आउने इरानी प्रतिनिधिमण्डल गत वर्षको तुलनामा सानो रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्