|
२०८३ आश्विन १
काठमाडौं । चालु आर्थिक वर्षको सुरुआती दुई महिनामा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
यो रकम गत आर्थिक वर्षको यही अवधिको तुलनामा २५ अर्ब ६७ करोड रुपैयाँ बढी हो। गत वर्ष भदौ मसान्तसम्म १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठेको थियो।
यसपटक संकलित रकममध्ये करबाट १ खर्ब ७२ अर्ब ४३ करोड र गैरकरबाट १० अर्ब ७८ करोड रुपैयाँ प्राप्त भएको छ।
सरकारले चालु वर्ष १५ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। भदौ मसान्तसम्मको संकलन लक्ष्यको ११.५९ प्रतिशत हो।
अनुदानसहित सरकारको कुल प्राप्ति भने १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्