भोटेकोशी बाढीपछि घर फर्किएनन् १४३ जना, परिवार अझै पर्खाइमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र ३०

सुदूरपश्चिम । भोटेकोशी बाढी आएको तीन सातासम्म पनि सुदूरपश्चिमका १४३ परिवार आफ्ना आफन्तको खबरको पर्खाइमा छन्। बाढी प्रभावित क्षेत्रमा काम गरिरहेका उनीहरू सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रदेश आपत्कालीन केन्द्रमा जानकारी गराएका छन्।

बाढीपछि हराएको विवरणमध्ये ७१ जना भने परिवारको सम्पर्कमा आएका छन्। तर १४३ जनाको अवस्था अझै यकिन हुन सकेको छैन। तीमध्ये १३० पुरुष र १३ महिला छन्। एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

सबैभन्दा बढी कैलालीका ६७ जना अझै सम्पर्कविहीन छन्। कञ्चनपुरका २६, डडेल्धुराका १७ र बाजुराका १६ जनाको पनि अवस्था अज्ञात छ। बैतडीका सात, दार्चुलाका चार तथा डोटी, बझाङ र अछामका दुई–दुई जना सम्पर्कमा नआएको अभिलेखमा उल्लेख छ।

यता, सम्पर्कमा फर्किएकामध्ये कैलालीका ५३, कञ्चनपुरका ११, डडेल्धुराका ६ र डोटीका एक जना छन्।

बाढीपछि आफ्ना परिवारका सदस्यको अवस्था थाहा नपाएका आफन्तले निरन्तर खोजी र उद्धारको पहल गर्न आग्रह गरिरहेका छन्। प्रदेश सरकारले पनि सम्पर्कविहीनको वास्तविक अवस्था पत्ता लगाउन विवरण संकलन तथा खोजी कार्यलाई अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *