मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन–२०८३’ सुरु हुँदैछ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ।
सम्मेलनमा देशभरका ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि सहभागी हुनेछन्। जलवायु परिवर्तनले पारेको असर, स्थानीय तहको भूमिका र त्यसको न्यूनीकरणका उपायबारे सम्मेलनमा छलफल गरिनेछ।
सम्मेलनलाई लक्षित गरी स्थानीय कला–संस्कृति झल्किने गरी मुस्ताङका सडक तथा बस्ती सजाइएको छ। सहभागीका लागि स्वास्थ्य, खानेपानी, इन्टरनेट, विद्युत्, पार्किङ तथा ट्राफिक व्यवस्थापनको समेत तयारी गरिएको छ।
जोमसोम कभर्डहलमा हुने सम्मेलनस्थलमा जलवायु परिवर्तनबारे जनचेतना जगाउने सामग्रीसँगै मुस्ताङका कृषि उत्पादन प्रवर्द्धनका लागि ५० भन्दा बढी स्टल राखिएका छन्। दुई दिनपछि सम्मेलनले जलवायु परिवर्तनसम्बन्धी घोषणापत्र जारी गर्ने आयोजकले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्