उपत्यकामा एकै दिन एक हजारभन्दा बढी चालक कारबाहीमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ११ जना चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।

ट्राफिक प्रहरीले गरेको चेकजाँच र सिसिटिभी निगरानीका क्रममा १११ जना मापसे, ८५ जना सिसिटिभीमार्फत र १०१ जना रातोबत्ती उल्लङ्घनमा कारबाहीमा परेका हुन्।

यस्तै, तीव्र गतिमा सवारी चलाउने १४२, निषेधित हर्न बजाउने ३६, लेन मिच्ने ३०, सवारीको अवस्था ठीक नभएका २६ र एकतर्फी सडक नियम उल्लङ्घन गर्ने ६ जना चालक कारबाहीमा परेका छन्।

अन्य ट्राफिक नियम उल्लङ्घनतर्फ ४६६ जना कारबाहीमा परेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *