राकमको खोल्सामा लुकाइएको हतियार भेटिएपछि दुई पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २८

काठमाडौं । सुर्खेतमा अनुसन्धानका क्रममा पेस्तोल भेटिएपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा दैलेखको आठबिस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भूपेन्द्र शाही छन्।

अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका बेला भूपेन्द्रले दिएको बयानका आधारमा राकम खोलीबजार नजिकैको खोल्सामा खोजी गरिएको थियो। झाडीमा कालो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले स्वचालित पेस्तोल फेला पारेको हो।

प्रहरीका अनुसार चेकोस्लोभाकियामा निर्मित पेस्तोलसँगै म्याग्जिन र पाँच राउन्ड गोली बरामद भएको छ। दुवै जनामाथि हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *