विपद् व्यवस्थापनदेखि चिनियाँ बजारसम्म, सहकार्य बढाउन परराष्ट्रमन्त्रीको जोड

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र २७

काठमाडौं । नेपाल र चीनबीचको सहकार्यलाई परम्परागत कूटनीतिभन्दा बाहिर लैजानुपर्नेमा परराष्ट्रमन्त्री शिशिर खनालले जोड दिएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’मा मन्त्री खनालले विपद् व्यवस्थापन, प्रविधि, व्यापार र जनस्तरको सम्बन्धलाई प्राथमिकतामा राखेर दुई देशबीच सहकार्य विस्तार गर्नुपर्ने बताएका हुन्।

प्राकृतिक विपद्को जोखिम न्यूनीकरणका लागि चीनसँग रियल–टाइम स्याटेलाइट डेटा आदानप्रदान, संयुक्त मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, नेपाली चिया, कफी र जडीबुटीलाई चिनियाँ बजारमा सहज प्रवेश गराउन नेपालमै अन्तर्राष्ट्रियस्तरको क्वारेन्टिन तथा प्रमाणीकरण प्रयोगशाला स्थापनाका लागि चिनियाँ प्राविधिक सहयोग आवश्यक रहेको उनले बताए।

मन्त्री खनालले नेपाल ‘एक चीन’ सिद्धान्तप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिलाई कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने नेपालको नीति दोहोर्‍याए।

भृकुटी र पुराना व्यापारिक मार्गको सम्बन्ध स्मरण गर्दै उनले विद्यार्थी, अनुसन्धानकर्ता, विद्वान् तथा व्यवसायीबीचको आवतजावत बढाएर दुई देशको जनस्तरीय सम्बन्ध थप बलियो बनाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *