काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ८९४ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले विभिन्न स्थानमा गरेको सवारी जाँच तथा निगरानीका क्रममा उनीहरूलाई कारबाही गरेको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउनेदेखि तीव्र गतिमा सवारी हाँक्ने चालकसम्म छन्।
प्रहरीका अनुसार मापसे गरी सवारी चलाउने ८१ जना र सीसीटीभी निगरानीबाट पहिचान भएका ५९ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, रातो बत्ती उल्लंघन गर्ने ६९ जनामाथि कारबाही गरिएको छ।
तीव्र गतिमा सवारी चलाउने १०६ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १९ जना र लेन अनुशासन उल्लंघन गर्ने २८ जना पनि कारबाहीमा परेका छन्।
यसैगरी, सवारीको अवस्था ठीक नभएका २० जना, एकतर्फी सडकमा नियमविपरीत चलाउने ९ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ५०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्