विपद्‍बाट प्रभावितलाइ सिक्किमले राहत तथा स्वास्थ्य सामग्री पठायाे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १५

काठमाडौं । रसुवामा गएकाे बाढिकाे कारण नेपालमा भएको विपद्‍बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ ।

सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई सोमबार विदाइ गरेका छन् ।

सिक्किमको यो पहलले विपद्को समयमा मानवीय संवेदना, करुणा र भ्रातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गरेका छन् ।विपद्को कठिन घडीमा एकजुट हुँदै आवश्यक परेकालाई सहयोगको हात बताएको उनले उल्लेख गरेका छन् ।

सिक्किमले विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित तथा पीडितप्रति उनले समहानुभूति प्रकट गरेका छन् । पुनर्स्थापना र पुनर्निर्माणको यात्रामा रहेका नेपाली जनताप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको उनले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *