त्रिशूली–३ सुरुङबाट ४३ विदेशीसमेत २०८ जनाको उद्धार

DaksuMedia दाक्सु मिडिया
|
२०८३ भाद्र १३

काठमाडौं । रसुवामा बाढीपछि त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धार कार्य जारी छ। नेपाली सेनाका अनुसार शनिबार दिउँसोसम्म सुरुङबाट ४३ विदेशी नागरिकसहित २०८ जनालाई सुरक्षित स्थानमा निकालिएको छ।

उद्धार गरिएकामध्ये ३८ जना चिनियाँ र पाँच जना भारतीय नागरिक रहेका छन्। नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई सुरुङ क्षेत्रबाट बाहिर ल्याइएको हो।

सुरुङभित्र अझै खोज तथा उद्धारका लागि संयुक्त टोली परिचालन गरिएको छ। टोलीले ड्रिलिङ मेसिनलगायत उपकरण प्रयोग गर्दै सुरुङको बाहिरी भाग पहिचान गर्ने काम गरिरहेको सेनाले जनाएको छ।

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा नेपाली सेनाका सात हजारभन्दा बढी जनशक्ति परिचालन भएका छन्। उनीहरूले खोज तथा उद्धारसँगै घाइतेको उपचार र शव व्यवस्थापनको काम पनि समन्वयात्मक रूपमा अघि बढाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *