चीनमा बाढीको कहर, मृतक ३९ पुगे

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २५

काठमाडौँ : दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको भीषण बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता रहेका छन्।

भारी वर्षापछि आएको बाढीले दक्षिणी तथा मध्य चीनका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। लिउलन जलाशयको बाँध भाँचिँदा मात्रै २६ जनाको मृत्यु भएको र सात जना बेपत्ता रहेको बताइएको छ।

उद्धार टोलीले प्रभावित क्षेत्रमा डुङ्गा र ठूला ड्रोनमार्फत खाद्यान्न तथा आवश्यक सामग्री पुर्‍याइरहेका छन्। बाढीपछि स्थानीयवासीहरू क्षतिग्रस्त घर र सामान सफा गर्ने काममा जुटेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *