|
२०८३ असार २१
काठमाडौं — एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीविरुद्ध गलत प्रचार भइरहेको बताएका छन्।
शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले एमालेले विगतमा धेरै चुनौती र अवरोध सामना गरे पनि ती सबै पार गर्दै अघि बढेको बताए।
कार्यकर्ताको एकता, आँट र भरोसाले पार्टी पुनः सशक्त बन्ने उल्लेख गर्दै ओलीले पार्टीविरोधी गतिविधिमा संलग्न नहुन आग्रह गरे।
कार्यक्रममा एमाले सचिव महेश बस्नेतले ‘पार्टी जागरण अभियान’ मार्फत संगठनलाई थप बलियो बनाइने बताए।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्