काठमाडौँ । मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीले संयुक्त राज्य अमेरिका भ्रमणका क्रममा अमेरिकी प्रतिनिधिसभाका सदस्य तथा House Foreign Affairs Committee अन्तर्गत South and Central Asia Subcommittee का अध्यक्ष बिल हुइजेङ्गा र अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, संसदीय कूटनीति, लोकतान्त्रिक मूल्य, सुशासन, युवा नेतृत्व र विकास सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको थकालीले बताएका छन्। उनले यस्ता संवादले दुई देशबीचको संसदीय सम्बन्धलाई अझ मजबुत बनाउँदै आगामी सहकार्यका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
यसै अवसरमा सांसद थकालीले संयुक्त राज्य अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसका अवसरमा अमेरिकी सरकार तथा जनतालाई शुभकामना व्यक्त गर्दै नेपाल–अमेरिका मित्रता अझ प्रगाढ हुँदै जाने अपेक्षा पनि व्यक्त गरेका छन्।



दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्