रास्वपाको नेतृत्वमा लामिछाने नै उपयुक्त : सांसद न्यौपाने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार ५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रञ्जु न्यौपानेले पार्टीको पहिलो महाधिवेशनमा रवि लामिछानेको नेतृत्व आवश्यक रहेको बताएकी छन्।

संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संगठनलाई मजबुत बनाउन प्रारम्भिक चरणमा लामिछानेकै नेतृत्व प्रभावकारी हुने आफ्नो धारणा रहेको बताइन्। उनले महाधिवेशनलाई पार्टीको आगामी दिशा र नीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्।

न्यौपानेले आफूले महाधिवेशनमा सुरुमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने जानकारी दिइन्। साथै पार्टी विभाजन हुने चर्चालाई अस्वीकार गर्दै यस्ता बहसहरू स्वाभाविक प्रक्रिया भएको बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *