यस वर्ष मनसुन नेपाल भित्रिन ढिलाइ, गर्मी बढ्ने अनुमान

DaksuMedia दाक्सु मिडिया
|
२०८३ असार २

काठमाडौं, असार २ — यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा केही दिन ढिलो भित्रिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हालसम्म मनसुन प्रणाली नेपाल प्रवेश गरेको छैन।

विभागले प्रशान्त महासागर क्षेत्रमा ‘एल निनो’ प्रभाव बलियो बन्दै गएको कारण मनसुन ढिलो हुने र तुलनात्मक रूपमा कमजोर रहन सक्ने अनुमान गरेको छ।

हाल देशका केही पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावले वर्षा भइरहेको भए पनि तराई क्षेत्रमा आगामी दिनमा गर्मी बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *