विश्वकप २०२६ को उद्घाटन खेलमा मेक्सिको विजयी, तीन खेलाडी मैदानबाट बाहिरिए

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ २९

विश्वकप २०२६ को सह-आयोजक मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै सुखद सुरुवात गरेको छ। जुलियन क्विनोनेस र राउल जिमिनेजको गोलमा मेक्सिकोले महत्वपूर्ण तीन अंक हात पार्यो।

मेक्सिकोले खेलभर दबाब कायम राख्दा दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड पाए। इन्जुरी समयमा मेक्सिकोका सेसार मोन्टेस पनि रातो कार्ड खाँदै मैदानबाट बाहिरिए।

यस जितसँगै मेक्सिकोले विश्वकपका उद्घाटन खेलहरूमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *