|
२०८३ जेष्ठ २३
काठमाडौँ । बाँदर र अन्य वन्यजन्तुबाट कृषि बालीमा भइरहेको क्षति नियन्त्रण गर्न सरकारले सुझाव सङ्कलन प्रक्रिया अघि बढाएको छ।
वन्यजन्तु र मानवबीच बढ्दो द्वन्द्व व्यवस्थापनका लागि गठित प्राविधिक कार्यदलले १५ दिनभित्र राय–सुझाव दिन सर्वसाधारण, किसान र विज्ञलाई आग्रह गरेको छ। बाँदर, बँदेल, नीलगाई र दुम्सीबाट हुने क्षति कम गर्ने दीर्घकालीन उपाय खोज्ने उद्देश्य रहेको छ।
कार्यदलले प्राप्त सुझावका आधारमा नीतिगत सुधार, राहत व्यवस्था र व्यवहारिक समाधान तयार गर्ने जनाएको छ। साथै, स्थलगत अध्ययन र अन्तर्राष्ट्रिय अभ्याससमेत अध्ययन भइरहेको बताइएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्