काठमाण्डौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित, प्रविधिमैत्री तथा उत्तरदायी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै “नेपाल प्रहरी रणनीतिक योजना २०८३/२०८५” सार्वजनिक गरेको छ । बदलिँदो अपराध प्रवृत्ति, प्रविधिको तीव्र विकास र नागरिक अपेक्षालाई सम्बोधन गर्ने लक्ष्यसहित तयार गरिएको यो योजना आगामी तीन वर्षमा संगठनात्मक रूपान्तरण गर्ने दीर्घकालीन मार्गचित्रका रूपमा प्रस्तुत गरिएको छ ।
रणनीतिक योजना सार्वजनिक गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीलाई परम्परागत पुलिसिङ (प्रहरी सेवा) बाट बाहिर निकालेर आधुनिक, वैज्ञानिक र प्रविधिमा आधारित संगठनका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । उनले अबको प्रहरी सेवा विश्लेषणात्मक सोच, तथ्यआधारित निर्णय प्रणाली र डिजिटल प्रविधिमा आधारित हुने स्पष्ट पारे ।
महानिरीक्षक कार्कीका अनुसार संगठनको वर्तमान अवस्था, कमजोरी, अवसर र चुनौती पहिचान गर्न स्वोटुविश्लेषण गरिएको छ । बदलिँदो विश्व परिवेश, प्रविधिको तीव्र विकास र नागरिकका बढ्दो अपेक्षालाई केन्द्रमा राखेर योजना निर्माण गरिएको उनको भनाइ छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्