काठमाण्डौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला सुर्खेतमा कर्णाली प्रदेशस्तरीय विचार गोष्ठी गर्ने भएको छ ।
इतर समूहले सुर्खेतमा ‘नेपाली कांग्रेस पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक दुई दिने विचार गोष्ठी गर्न लागेको हो ।
संस्थापनइतर समूहमा सक्रिय कर्णाली प्रदेश महामन्त्री नीरञ्जन केसीले जेठ २ र ३ जेठमा आयोजना हुने गोष्ठीमा पूर्णबहादुर खड्का प्रमुख आतिथि रहने जानकारी दिए ।
विचार गोष्ठीका लागि कर्णालीबाट प्रतिनिधित्व गर्ने पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी र सदस्यहरू, प्रदेश कार्यसमिति र १० वटै जिल्लाका जिल्ला कार्यसमितिका पदाधिकारीहरू बोलाइएको उनले बताए ।
गोष्ठीमा संघीय सांसद् तथा प्रदेश सभा सदस्यहरू, जिल्ला समन्वय प्रमुख– उपप्रमुख, स्थानीय तहका निर्वाचित प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, क्षेत्रीय सभापति, प्रदेश सभा क्षेत्रीय सभापति, पालिका सभापति र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरूलाई पनि बोलाइएको केसीले बताए ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्