दार्चुला घर भएका सशस्त्र इन्स्पेक्टर ऐरको ड्युटीमै निधन

DaksuMedia दाक्सु मिडिया
|
२०७७ माघ २३

कञ्चनपुर-दार्चुलाको लेकम गाउँपालिका राडम घर भएका सशस्त्र प्रहरीका इन्सपेक्टर नारायण सिंह ऐरको बारामा हृदयघातका कारण निधन भएको छ।

बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्ज समेत रहेका इन्स्पेक्टर ऐर बिहीवार विहानै देखि ड्युटीमा खटिएका उनी अचानक दिउँसो एक्कासी लडेर बेहोस भएका थिए ।

सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखाका अनुसार उनलाई बेहोस पछि तत्काल कलैया अस्पताल लगिएको थियो। कलैया अस्पतालमा थप उपचार हुन नसकेपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरेको थियो।

नारायणी अस्पताल अस्पताल पुग्दा इन्सपेक्टर ऐरको मृत्यु भईसकेको सशस्त्र प्रहरी प्रधान कार्यालय सूचना शाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *